$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

हरि खेतान बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखमाथि कालोमोसो दल्ने प्रयास, शैक्षिक क्षेत्र तरंगित

  बिरगंज/३१ बैशाख  वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकिशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुर्व्यवहार भएको घटनाले...

 

बिरगंज/३१ बैशाख 
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकिशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुर्व्यवहार भएको घटनाले शैक्षिक क्षेत्र तरंगित बनेको छ। असन्तुष्ट शिक्षक समूहले विरोध प्रदर्शनका क्रममा क्याम्पस प्रमुखमाथि हातपातसमेत गरेको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रशासनका अनुसार करार सेवामा कार्यरत चार जना शिक्षकको सेवा अन्त्य गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो। क्याम्पसले २०८३ साल वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रबिन्द्र कुमार यादव, पूजा गुप्ता तथा दिलिप कुमार पण्डितको सेवा समाप्त गरिएको जनाएको छ।

सेवा अन्त्यको निर्णयप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षले क्याम्पस परिसरमा ताला लगाएको बताइएको छ। क्याम्पस प्रमुख किशोरी रायले पटक–पटक वार्ता तथा ताला खोल्न आग्रह गरे पनि स्थिति सामान्य हुन नसकेको प्रशासनको भनाइ छ।

विवाद चर्किंदै जाँदा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै दुर्व्यवहार र हातपात गरेको हरि खेतान बहुमुखी क्याम्पस सञ्चालक समितिले जनाएको छ। घटनापछि केही समय क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो भने सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको बताइएको छ।

घटनाप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शैक्षिक संस्थाभित्र असहमति राख्ने लोकतान्त्रिक विधि हुँदाहुँदै हिंसात्मक तथा अपमानजनक गतिविधि हुनु दुःखद भएको प्रशासनको भनाइ छ। यस्ता घटनाले विद्यार्थीमा नकारात्मक सन्देश जाने तथा शैक्षिक वातावरण नै प्रभावित हुने सरोकारवालाहरूले बताएका छन्।

क्याम्पस प्रशासनले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। घटनाबारे थप अनुसन्धान तथा छलफल भइरहेको जनाइएको छ


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content