वीरगञ्ज, १२ जेठ।
नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै संघर्ष समितिले आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ।
संघर्ष समितिका संयोजक अनुप तिवारी का अनुसार महासंघ कार्यालयमा दैनिक १ घण्टा धर्ना बस्ने कार्यक्रम तय गरिएको हो। आज सुरु भएको धर्ना कार्यक्रम भोलि पनि बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। संघर्ष समितिले महासंघको सदस्यता प्रक्रियामा पारदर्शिता कायम गर्न, वास्तविक पत्रकारलाई सदस्यता उपलब्ध गराउन तथा नयाँ सदस्यता वितरण प्रक्रिया निष्पक्ष बनाउन माग अघि सारेको जनाएको छ।
संयोजक तिवारीले आफूहरूको मागप्रति सम्बन्धित निकाय गम्भीर नभए आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। उनले पत्रकार महासंघलाई निष्पक्ष, पारदर्शी र पत्रकारहरूको साझा संस्थाको रूपमा स्थापित गर्न आन्दोलन आवश्यक भएको बताए।
धर्ना कार्यक्रममा विभिन्न सञ्चारकर्मी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

Comments
Post a Comment