Menu

सुकुम्बासी, एलानी बस्ती नहटाउने सरकारको नीति : रास्वपा सभापति लामिछाने

जनआवाज खबर |
May 23, 2026
Featured
वीरगञ्ज,जेठ ९ /
मधेस प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग भएको संवाद कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी,तथा एलानी बस्ती खाली गराउने विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

कार्यक्रममा सुकुम्बासी तथा एलानी बस्ती खाली गराउने विषयमा सांसदहरुले उठाइएको प्रश्नको उत्तर दिँदै सभापति लामिछानेले खोला किनार तथा अत्यन्त जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती बाहेक अन्य कुनै पनि सुकुम्बासी,एलानी बस्ती हटाउने सरकारको नीति नरहेको स्पष्ट पारे।
उनले “कोही पनि डराउनु पर्दैन, सरकारले जबर्जस्ती बस्ती खाली गराउने नीति लिएको छैन,” स्थानीय तहले प्रधानमन्त्री बालेन शाहको नाम लिएर दबाब वा जबर्जस्ती गरे त्यसबारे जानकारी गराउन आग्रह गरे।
सभापति लामिछानेले सरकार जनताको आवास र जीविकाको विषयमा संवेदनशील रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी तथा विपन्न समुदायको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार जोखिमयुक्त क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषय अलग भए पनि अन्य ठाउँका सुकुम्बासी बस्ती हटाउने निर्णय सरकारले नगरेको  बताए । साभारः सांसद हरि पन्तको फेसबुकबाट ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3