$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पत्रकार महासंघ पर्सामा शुद्धीकरण र नयाँ सदस्यता वितरणको माग गर्दै ज्ञापनपत्र

  वीरगंज /५ जेष्ठ  नेपाल पत्रकार महासंघ पर्सामा शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार महासंघ पर्साका अध्य...

 

वीरगंज /५ जेष्ठ 

नेपाल पत्रकार महासंघ पर्सामा शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार महासंघ पर्साका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ।

संघर्ष समितिका संयोजक अनुप तिवारी ले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउन माग गरेका छन्। साथै, विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने माग पनि समितिले अघि सारेको छ।

समितिले तीन दिनभित्र सदस्यता छानबिन तथा नयाँ सदस्यता वितरणका लागि आवश्यक पहल नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्रमा लोकतान्त्रिक व्यवस्था र नागरिकका लागि विश्वसनीय संस्थाको रूपमा रहेको नेपाल पत्रकार महासंघले आफ्नो मर्यादा जोगाउन स्वयंको विधि, विधान र पद्धतिअनुसार अघि बढ्नुपर्ने उल्लेख गरिएको छ।

समितिले २०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष सत्रुधन नेपाल को संयोजकत्वमा पूर्वअध्यक्षहरू सम्मिलित कार्यदलले तयार गरेको सातवटा मापदण्डअनुसार अयोग्य सदस्यहरूलाई सदस्यताबाट वञ्चित गरिएको स्मरण गराउँदै विगतका दुई कार्यकालमा सञ्चालन गरिएको शुद्धीकरण अभियानलाई निरन्तरता दिन माग गरेको हो। उक्त ज्ञापनपत्र महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लाई बुझाइएको थियो।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा समितिका सह–संयोजक शेखर छतकुल्ली, सदस्यहरू आशिक अंसारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, संतोष पटेल, बलिराम यादव लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।भने नेपाल पत्रकार महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजिव कुमार मिश्र तथा सह–सचिव एस.के. चौरसियाको पनि उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content