$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

कलैयामा तेस्रो लिङ्गी र किन्नर समूहबीच झडप, प्रहरी कार्यालयअगाडि उग्र प्रदर्शन

कलैया,बारा /४ जेष्ठ  बाराको सदरमुकाम कलैयामा तेस्रो लिङ्गी र किन्नर समूहबीच आपसी विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको छ। विवाद चर्कि...


कलैया,बारा /४ जेष्ठ 

बाराको सदरमुकाम कलैयामा तेस्रो लिङ्गी र किन्नर समूहबीच आपसी विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको छ। विवाद चर्किंदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एकजना तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिएको जनाएको छ।

साथीलाई पक्राउ गरिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी तथा मपुते (मङ्गलमुखी पुरुष तेस्रो लिङ्गी) हरूले जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केही आन्दोलनकारीहरूले सडकमै कपडा खोलेर अर्धनग्न तथा नग्न प्रदर्शन गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले पक्राउ परेका व्यक्तिलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनका कारण केही समय जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्र तनावग्रस्त बनेको थियो भने सडक आवागमन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले प्रदर्शनकारीहरूलाई सम्झाइबुझाइ गर्दै अवस्था सामान्य बनाउने प्रयास गरेको जनाएको छ।

घटनाको मुख्य कारण तथा विवादको विस्तृत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content