Menu

वीरगंजमा ८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई युवा पक्राउ

जनआवाज खबर |
May 17, 2026
Featured

बलिराम शुक्ला बिरुवा गुठी/ ३ जेष्ठ 

जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगंज महानगरपालिका–३१ मिलनचौक–कटगेनवा सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको प्लाष्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।

उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3