वीरगन्ज, ३० वैशाख
पर्सास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार उद्घाटन गरिएको छ ।
संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी) मार्फत निर्माण गरिएको उक्त सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताए । उनले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा इम्तियाज आलम, गायत्रीप्रसाद रेग्मी, भोला दाहाल, गोविन्द थपलिया, शान्तिराज कोइराला, सुदीप्राज पाठक, ज्ञानेन्द्र बस्नेत, सन्तोष ढुंगाना, इन्द्र न्यौपाने, शिशिर उपाध्याय, कृति थापा, ओमप्रकाश खनाल तथा हरि गौतम लगायतको उपस्थिति रहेको थियो ।




COMMENTS