Menu

महिला स्वास्थ्य प्रवर्द्धनमा वीरगन्ज लेडिज सर्कलको सराहनीय पहल

जनआवाज खबर |
May 12, 2026
Featured

 

वीरगञ्ज  २९ वैशाख

सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा संस्थाले महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ र मासिक धर्म व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका सेनेटरी प्याडहरू महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षमार्फत आवश्यक पर्ने महिला तथा किशोरीहरूलाई वितरण गरिने जनाइएको छ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी कर्मचारीहरू तथा सर्कलका अध्यक्ष नन्दनी अग्रवाल,सदस्य अनामिका पुजारी,खुश्बु सिंघानिया,सुस्मा गाैतम लगायतकाे उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले वीरगन्ज लेडिज सर्कलले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्य उदाहरणीय तथा प्रेरणादायी भएको बताएका थिए।

उनीहरूले यस्ता सहयोगमूलक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिला स्वास्थ्य, सरसफाइ र सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3