Menu

बजरंग युवा समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

News Desk |
May 07, 2026
Featured

पोखरिया । श्री नेपाल रेडक्रस प्राथमिक विद्यालय, पोखरिया–४ मा आज आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।


बजरंग युवा समाज पोखरियाको सहयोगमा विद्यालयका १२० जना छात्र–छात्रालाई कापी, कलम, पेन्सिल, कटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।


समाजका अध्यक्ष पवन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले शिक्षामा सहयोग गर्ने यस्ता सामाजिक कार्यले बालबालिकाको अध्ययनप्रति उत्साह बढ्ने बताउनुभयो।


कार्यक्रममा समाजका सल्लाहकार अम्रिका साह रौनियार, जितेन्द्र चौहान, सोनालाल चौहान, मनोज दुबेदी, सरमोध सहनी, सुजन सहनी तथा रमेश महतो लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा सहभागीहरूले समाजले निरन्तर रूपमा शिक्षा, सामाजिक सेवा तथा बालबालिकाको हितका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताएका थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3