बलिराम शुक्ला, पर्सागढी, २० वैशाख । डिभिजन वन कार्यालय, पर्साले सखुवाप्रसौनी गाउँँपालिका–१ अन्तर्गत कोइलाभार मन्दिरदेखि पश्चिम सखुवनिया...
बलिराम शुक्ला, पर्सागढी, २० वैशाख ।
डिभिजन वन कार्यालय, पर्साले सखुवाप्रसौनी गाउँँपालिका–१ अन्तर्गत कोइलाभार मन्दिरदेखि पश्चिम सखुवनिया गाउँँनजीकको वन अतिक्रमित क्षेत्रमा शुक्रवार डोजर चलाएको छ ।
सबडिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्ज्वल यादवका अनुसार राष्ट्रिय वन र नम्बरी जग्गाबीचको सीमाङ्कन स्पष्ट पार्दै करीब १७ बिघा अतिक्रमित क्षेत्र खाली गराउने कार्य गरिएको हो । उक्त क्षेत्रमा सीमाङ्कनका लागि ट्रेन्च खनिएको पनि उनले जानकारी दिए ।
उनका अनुसार अतिक्रमणकारीहरूले भविष्यमा खेती, निर्माण वा टहरा नबनाउने शर्तमा वन र निजी जग्गाको सीमा छुट्याउने काम गरिएको हो । खाली गरिएको क्षेत्रमा छिट्टै तारवार गरी वृक्षारोपण गर्ने तयारीसमेत रहेको छ ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारीले वन अतिक्रमित क्षेत्र खाली गराउने अभियान निरन्तर चल्ने बताए ।
अभियानका क्रममा वन कर्मचारी, साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागीता थियो । यस अघि सबडिभिजन वन कार्यालय, मनवाले अतिक्रमित संरचना हटाउन एक दिनको समयसीमा दिंदै सूचना जारी गरेको थियो ।

COMMENTS