Menu

प्रतिबन्धित औषधिसहित भारतीय नागरिक होटलबाट पक्राउ

जनआवाज खबर |
April 21, 2026
Featured
वीरगंज, ८ वैशाख । प्रतिबन्धित लागू औषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

वैशाख ६ गते राति ९ः५५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.८ लिंक रोड सडकखण्ड स्थित समर होटल एण्ड लजमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति छन् भन्ने प्राप्त सूचना अनुसार प्रहरी टोलीले कोठा नं. १०५ मा बस्ने भारत, विहार जिल्ला मोतीहारी भेलाही बस्ने वर्ष २० को सागर कुमार पटेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पटेलको साथबाट लागु औषध   Tramadol Hydrochloride Ip–50 Tramol तीस हजार पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3