Menu

सडक विस्तार पीडितद्वारा आन्दोलन, ज्ञापनपत्रसहित नाराबाजी

जनआवाज खबर |
April 24, 2026
Featured
वीरगंज ११ बैशाख । वीरगंज बचाउ संघर्ष समितिले सडक विस्तारका क्रममा घर तोडफोडबाट प्रभावित घरधनी तथा पीडितहरूको पक्षमा आवाज उठाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

समितिको नेतृत्वमा निकालिएको जुलुस नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “२०७२ को निर्णय कायम गर”, “हामीलाई सुकुम्बासी बनाउन पाइँदैन”, “महानगरपालिका मुर्दावाद” लगायतका नारा लगाउँँदै मुआब्जाको माग गरेका थिए।

वीरगंज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताको नेतृत्वमा गएको टोलीले सिडियोमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै सडक विस्तारका नाममा गरिएको घर तोडफोडप्रति आपत्ति जनाउँदै पीडितहरूलाई उचित मुआब्जा दिनुपर्ने माग राखेको छ।

समितिले सरकारसँग पीडितहरूको समस्या सम्बोधन गर्न र विगतका निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3