Menu

वीरगंज महानगरपालिकामा शोक बिदा घोषणा

जनआवाज खबर |
April 24, 2026
Featured
वीरगंज, ११ वैशाख ।   वीरगंज महानगरपालिकाले शुक्रवार शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विदा घोषणा गरिएको हो।
 
मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उहाँ २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत हुनुहुनथ्यो।
 
महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
 
उहाँको सम्झनामा शुक्रवार बिहान १०ः३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महानगर प्रमुखको उपस्थितिमा प्रशासन प्रमुख शुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको सहभागीता रहेको थियो।
 
प्रशासन प्रमुख कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द रहने छन् ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3