वीरगन्ज । समाजमा शिक्षाको उज्यालो छर्ने जिम्मेवारी पाएका एक स्थायी शिक्षक नै नाबालिकामाथि हुने जघन्य अपराधमा संलग्न भएको घटना सार्वजनिक भए...
वीरगन्ज । समाजमा शिक्षाको उज्यालो छर्ने जिम्मेवारी पाएका एक स्थायी शिक्षक नै नाबालिकामाथि हुने जघन्य अपराधमा संलग्न भएको घटना सार्वजनिक भएको छ । पर्साको डोकैला बहुअरीस्थित डोकैला माध्यमिक विद्यालयका सामाजिक विषयका स्थायी शिक्षक २६ वर्षीय रूपेश यादवले एक १२ वर्षीया नाबालिकालाई साथीसँग मिलेर सामूहिक बलात्कार गरेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत चैत १७ गते शिक्षक रूपेश यादव र उनका सहयोगी २० वर्षीय लड्डु यादवले सखुवाप्रसौनी गाउँपालिका–५ निवासी ती नाबालिकालाई ललाइफकाइ नियन्त्रणमा लिएका थिए ।
पहिलो चरण: दिउँसो १२ बजेदेखि अपराह्न साढे ४ बजेसम्म लड्डु यादवको घरमा बन्धक बनाएर बलात्कार ।
दोस्रो चरण: साँझ ५ बजेदेखि राति साढे ९ बजेसम्म भगल यादवको घरमा पुर्याएर पुनः बलात्कार
घटनाको भोलिपल्ट अर्थात् चैत १८ गते पीडितका परिवारले पर्सा प्रहरीमा शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गराएका थिए । प्रहरीले तत्कालै नाबालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको तथ्य पुष्टि भएको छ ।
मुद्दा दर्ता भएसँगै दुवै अभियुक्त फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, 'शिक्षक' जस्तो गरिमामय पदमा रहेर यस्तो निकृष्ट कार्य गर्ने रूपेश यादव र उनका सहयोगीको खोजी कार्यलाई अत्यन्तै तीव्र बनाइएको छ । स्थानीयले पनि घटनापछि दुवैजना गाउँबाट गायब भएको पुष्टि गरेका छन् ।
"समाजको मार्गदर्शक मानिने शिक्षकबाटै यस्तो जघन्य अपराध हुनुले समग्र शैक्षिक क्षेत्र र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले फरार अभियुक्तहरूलाई पातालबाटै भए पनि निकालेर कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएको छ ।

COMMENTS