Menu

पर्सामा २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ

जनआवाज खबर |
April 27, 2026
Featured
वीरगंज, १४ वैशाख । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनाको विभिन्न मितिमा वीरगंज महानगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रहरूमा विना भन्सार अनाधिकृत रूपमा चलाइरहेको अवस्थामा यी स्कुटरहरू पक्राउ गरिएको हो ।

२४ वटा भारतीय इलेक्ट्रिक स्कुटरको अनुमानित मूल्य करिब रू. १९ लाख बीस हजार रहेको बताउँदै थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार सीमावर्ती क्षेत्रबाट हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3