$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वित्तीय साक्षरता बिना आर्थिक समृद्धि सम्भव छैन ः राष्ट्र बैंक

पर्सागढी, २८ चैत । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा शनिवार हेटौंडामा एकदिने वित्तीय साक्षरता प्रवद्र्धनसम्बन्धी पत्रकार अनुशि...
पर्सागढी, २८ चैत । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा शनिवार हेटौंडामा एकदिने वित्तीय साक्षरता प्रवद्र्धनसम्बन्धी पत्रकार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले देशको आर्थिक विकासलाई तीव्रता दिन नागरिकमा वित्तीय साक्षरता अपरिहार्य रहेको बताएका छन।

कार्यक्रममा वक्ताहरूले वित्तीय ज्ञान र बैंकिङ कारोवारसम्बन्धी समझदारी अभिवृद्धि नभएसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखे। उनीहरूले नागरिकमा वित्तीय चेतनाको अभावकै कारण बैंकिङ प्रणालीको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरे।

नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरताको कमीका कारण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जा उपयोग गर्ने क्षमता अपेक्षित रूपमा बढ्न नसकेको बताए। उनका अनुसार बैंकिङ सेवा पुगेका क्षेत्रमा समेत वित्तीय ज्ञानको अभावले कर्जाको माग घट्दै गएको छ।

उनले वित्तीय पहुँचलाई आधारभूत तहसम्म विस्तार गर्न र सुरक्षित वित्तीय कारोवारको वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूको भूमिका महŒवपूर्ण रहने बताए। मधेस प्रदेशमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढिरहेको उल्लेख गर्दै उनले वीरगंज कार्यालयमा दैनिक ५४ वटासम्म बैंकिङ स्क्यामसम्बन्धी उजुरी आउने जानकारी दिए।

निर्देशक पौडेलले समयमै बिल भुक्तानी, खर्चको सन्तुलित व्यवस्थापन, नियमित बचत, स्वास्थ्य बीमा तथा आकस्मिक कोष निर्माणलाई आर्थिक सुरक्षाका प्रमुख आधारका रूपमा लिनुपर्ने बताए।
कार्यक्रममा सहायक निर्देशक नरेश सर्राफले पत्रकारहरूलाई वित्तीय साक्षरताका विषयमा समाचार, लेख तथा विश्लेषणमार्पmत जनचेतना फैलाउन आग्रह गरे। पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका करिब ९० जना पत्रकार तथा कर्मचारी सहभागी उक्त कार्यक्रममा बैंक र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

त्यसैगरी, सहायक निर्देशक विनय केशरीले बैंकिङ कारोवारका प्राविधिक तथा व्यावहारिक पक्षवारे जानकारी दिँदै नक्कली नोटबाट जोगिन सतर्क रहन सुझाव दिए। उनले मुद्रास्फीति र विनिमय दरलाई ध्यानमा राखेर मात्र खरिद निर्णय गर्न तथा अनलाइन कारोवार गर्दा विश्वसनीय माध्यम प्रयोग गर्न आग्रह गरे।

कार्यक्रममा अनावश्यक खर्च नियन्त्रण, विभिन्न सेवाको लागत तुलना, बैंक खाताको नियमित निगरानी तथा कुनै पनि कागजातमा हस्ताक्षर गर्नुअघि आवश्यक परामर्श लिनुपर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, वस्तु तथा सेवा खरिद गर्दा त्यसको उत्पत्ति र वातावरणीय प्रभावसमेत विचार गर्नुपर्ने सुझाव दिइएको छ।
bank.jpg
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content