Menu

मानिसको रगत नालीमा होइन, नाडीमा बगाउनुपर्छ मूलनारासहित पर्सागढीमा रक्तदान कार्यक्रम

जनआवाज खबर |
April 25, 2026
Featured
बलिराम शुक्ला
पर्सागढी, १२ वैशाख । ‘मानिसको रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ मूल नारासहित  पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल शाखा प्रसौनी भाटा र उपशाखा पर्सागढी नं. पा वडा न ८ हरपुरको सयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।

सन्त निरंकारी मण्डल नेपाल प्रसौनी भाटाका मुखी महात्मा मुनिलाल साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी संत निरंकारी नेपालका केन्द्रिय कोषाध्यक्ष महात्मा कृष्ण कन्हैया पाठक रहेका थिए ।

रक्तदान कार्यक्रममा ब्रम्हानन्द राम, गणेश राम, गोबिन्द राम, शिवजनम दास, संगीता देवी, रेखा देवी, गीता देवी, कौशिला देवी, बैद्यनाथ पञ्जियार, सुरेन्द्र दासलगायतले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगंजको स्वयंम प्राबिधिक विवेक यादव, निसान्त यादब र शिवजित गिरीले प्राविधिक सहयोग पुर्याएका थिए ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3