Menu

दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते, स्थानीयद्वारा चक्काजाम

जनआवाज खबर |
April 18, 2026
Featured
वीरगंज, ५ चैत्र । दुर्घटनामा परी पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् । घटनाको विरोधमा स्थानीयवासीले प्रदर्शन समेत गरेका छन् ।
 
वीरगंज–२२ परवानीपुरमा एकै दिशाबाट जाँदै गरेको ना ४१ प १६६१ नम्बरको मोटरसाइकललाई बी.आर ०६ जिडी ४९११ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका हुन।

मृत्यु हुनेमा वीरगंज–२८ की मुर्ति देवी साह रहेकी छन् । घाइते मोटरसाइकल चालक उनका श्रीमान राजेन्द्रलाल साहको काठमाण्डौस्थित बीएनबी हस्पिटलमा उपचार भइरहेको छ।

सोही घटनालाई लिएर मृतकका परिवारले आज बिहान ७ बजेदेखि १० बजेसम्म सडकमा प्रदर्शन गर्दै चक्काजाम गरेका थिए।

स्थानीय प्रशासनले पीडित पक्षलाई उचित राहत दिने र घाइतेको उपचार व्यवस्था मिलाउने आश्वासन दिएपछि चक्काजाम खुलाइएको हो।

प्रहरीले ट्रक र चालक भारत बिहार बेतियाका २२ वर्षीय नितेश पासवानलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3