$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

एमआरपी कार्यान्वयन चुनौतीबारे छलफल

वीरगंज ०४ बैशाख । एमआरपी विषयमा छलफल तथा ‘समृद्ध मधेश’ नामक पुस्तक विमोचन कार्यक्रम शुक्रवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भ...
वीरगंज ०४ बैशाख । एमआरपी विषयमा छलफल तथा ‘समृद्ध मधेश’ नामक पुस्तक विमोचन कार्यक्रम शुक्रवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।
 
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवाललगायतको उपस्थिति रहेको थियो।

छलफल कार्यक्रममा पर्सा जिल्लाका विभिन्न कारोबारमा संलग्न आयातकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो। सहभागीहरूले नेपाल सरकारले हालै सार्वजनिक गरेको एमआरपी सम्बन्धी सूचनालाई १५ दिनभित्र कार्यान्वयन गर्न व्यवहारिक रूपमा कठिन हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अशोक टेमानीले एमआरपी कार्यान्वयन उपभोक्ता हितका लागि सकारात्मक भए पनि त्यसका लागि पर्याप्त पूर्वतयारी, व्यवसायीहरूसँग समन्वय र व्यवहारिक समयसीमा आवश्यक रहेको बताए। सरकारले नीति ल्याउँदा बजारको वास्तविक अवस्था र व्यवसायीहरूको तयारीलाई समेत ध्यान दिनुपर्छ उनले भने अन्यथा राम्रो उद्देश्यका नीतिहरू पनि कार्यान्वयनमा समस्या आउन सक्छ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले छोटो समयसीमाभित्र एमआरपी लागू गर्न खोज्दा व्यवसायीहरूमा अन्योल सिर्जना भएको बताए । सरकार र निजी क्षेत्रबीच सहकार्य र संवाद आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक कुमार टेमानीद्वारा लिखित ‘समृद्ध मधेश’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो। उक्त पुस्तकमा मधेश प्रदेशको समग्र विकास, लगानीका सम्भावना तथा नीतिगत मार्गचित्रवारे विस्तृत रूपमा समेटिएको छ। यसअघि सो पुस्तक जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री द्वारा विमोचन गरिएको थियो। कार्यक्रमको सञ्चालन संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content