धर्मेन्द्र चौरसिया पोखरिया, १ वैशाख २०८३। पर्सा जिल्लामा पछिल्लो समय चैते धानखेतीको विस्तार उल्लेखनीय रूपमा बढ्दै गएको छ। जिल्लाको करि...
धर्मेन्द्र चौरसिया
पोखरिया, १ वैशाख २०८३।
पर्सा जिल्लामा पछिल्लो समय चैते धानखेतीको विस्तार उल्लेखनीय रूपमा बढ्दै गएको छ। जिल्लाको करिब ४५ प्रतिशत क्षेत्रमा चैते धानखेती हुँदै आएको तथ्यांकले देखाएको छ। कृषि ज्ञान केन्द्र, पर्साका अनुसार विगत केही वर्षयता कृषकहरूको यसतर्फ आकर्षण बढ्दै जाँदा कृषि प्रणालीमा सकारात्मक परिवर्तन देखिएको छ।
पहिले गण्डक नहरबाट सिंचाइ सुविधा पुगेको उत्तरी भेगमा मात्र सीमित रहेको चैते धानखेती अहिले दक्षिणी बझियान क्षेत्रमा पनि विस्तार हुन थालेको छ। स्थानीय तहले डीप बोरिङ जडानलाई प्राथमिकता दिएपछि सिंचाइ सुविधा बढ्दै जाँदा कृषकहरू तीन बाली प्रणालीतर्फ उन्मुख भइरहेका छन।
हाल वीरगंज महानगरपालिका र ठोरी गाउँँपालिकाका केही वडाबाहेक जिल्लाका अधिकांश पालिकामा चैते धानखेती भइरहेको छ। सिंचाइ सुविधा, उन्नत बीउ, कृषि प्रविधि र बजार पहुँचका कारण यसको विस्तार सम्भव भएको हो।
यद्यपि, विद्युत आपूर्ति, मलखाद अभाव र सिंचाइको असमान पहुँचजस्ता चुनौती अझै कायम छन। विशेषज्ञहरूका अनुसार यी समस्याको समाधान गर्न सके पर्सा चैते धान उत्पादनमा अग्रणी बन्न सक्ने सम्भावना रहेको छ।

COMMENTS