Menu

जीराभवानी–१ बलुवा टोलस्थित एक घरमा आगलागी

जनआवाज खबर |
April 10, 2026
Featured
पर्सागढी, २७ चैत । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा गएराति एक घरमा आगलागी भएको छ ।

जीराभवानी गाउँपालिका वडा न १ बलुवा टोलमा राती ११ः३० बजेको समयमा मोटर मुखिया बिनले घरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको  अन्नपात, भाडाकुडा, लत्ताकपडा, १२ थान गहना, चार वटा बाख्रा, एक वटा गाई जलेको छ भने दुई दिन अगाडि छिमेकी लघुबित्त बिकास बैंकबाट घर बनाउनको लागि ऋण ल्याइ राखेको ६ लाख नगद पनि जलेर नष्ट भएको पीडित बिनले बताएका छन  ।
स्थानीयबासी, प्रहरी चौकी महादेव पटि र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपटिको सहयोगमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्न्त अधिकारीले जानकारी दिनुभयो ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3