Menu

रास्वपाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसियाले चुनावी खर्च सार्वजनिक गरे

जनआवाज खबर |
March 12, 2026
Featured

पोखरिया २८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसियाले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

चौरसियाले बिहीबार निर्वाचन आयोगको कार्यालय पर्सामा निर्बाचन ऐन २०७४ को दफा ७२ तथा आयोग द्वारा स्वीकृत निर्बाचन आचार सहिन्ता बमोजिम खर्च बिवरण बुझाउदै सार्बजनिक गरेका हुन ।


विवरण अनुसार चौरसियाले  चुनावी अभियानका क्रममा ११ लाख  ६५ हजार ७४० रुपैयाँ खर्च भएको दाबी गरेका छन् । सबैभन्दा धेरै उनको खर्च प्रचार प्रसार सामग्री झन्डा ,बैच ,सावण बक्समा  ३ लाख ६५ हजार ५०० रुपैयाँ र दोस्रोमा अन्य प्रचारप्रसार कार्यक्रम वडा स्तरियमा ३ लाख ३९ हजार ७५० रुपैया  खर्च भएको छ ।
त्यस्तै सवारीसाधन खर्चमा २ लाख ८५ हजार , गोष्ठी अन्तरक्रियामा २६ हजार ५०० खर्च भएको छ भने प्रचारप्रसार ब्यानरमा ९३ हजार २३० रुपैया खर्च भएको छ भने छपाई पाेस्टर पम्पलेट र नमुना मतपत्र छपाईमा ३५ हजार ७६० रुपैया र मनोनयन तथा बिबिध खर्चमा १ लाख खर्च भएको बताएका छन ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3