$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

कालिकामाई युवा समाजद्वारा मेलामा पानी, प्रसाद वितरण तथा स्वास्थ्य शिविर सञ्चालन

पोखरिया, १३ चैत । पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजले प्रत्येक वर्षझैँ यस वर्ष पनि रामनवमीको अवसरमा लाग्ने कालिकामाई मेल...

पोखरिया, १३ चैत । पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजले प्रत्येक वर्षझैँ यस वर्ष पनि रामनवमीको अवसरमा लाग्ने कालिकामाई मेलामा पानी तथा प्रसाद वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

मेलामा आउने श्रद्धालु भक्तजनहरूको सेवाका लागि आयोजना गरिएको उक्त कार्यक्रममा विगत चार वर्षदेखि निरन्तर रूपमा यस्ता सामाजिक कार्यहरू गर्दै आएको युवा समाजका अध्यक्ष आकाश चौरसियाले जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समाज सेवामा अग्रपंक्तिमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रम अन्तर्गत कट्टिबलुवाका समाजसेवी युवा डब्लु साह गोढले ७०० बोतल मिनरल वाटर सहयोग गर्नुभएको थियो। साथै स्वास्थ्य शिविर सञ्चालनका लागि कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाले सहयोग गरिएको थियो।
उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह,सदस्यहरू मोहन महतो, राकेश सरार्फ, रमेश चौरसिया तथा सदस्यहरू नितेश कुशवाहा, अशोक साह, विनय चौरसिया, अफजल मियाँ, राजेश चौरसिया लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै स्वास्थ्यकर्मीहरू धिरेन्द्र रेवानी र शैलेन्द्र चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content