Menu

बुहारीको कुटपिटबाट सासूको मृत्यु

जनआवाज खबर |
March 23, 2026
Featured

पर्सागढी, ९ चैत ।  पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा बुहारीको कुटपिटबाट वृद्ध सासूको मृत्यु भएको छ ।

जीराभवानी गाउँपालिका वडा न –१  पिपरा टोल बस्ने स्व. सुरेश श्रीवास्तवको श्रीमती वर्ष ५५ को सायदा श्रीवास्तवको आफनै बुहारीको कुटाइबाट सोमवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारी वर्ष २६ कि पिंकी देबी र उनका मामाको छोरी वर्ष १६ का गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो ।

मृतक सायदा र उनका बुहारी पिंकीबीच लामो समयदेखि वादविवाद र झैझगडा हुँदै आएको स्थानीयले बताएका छन ।

मृतक सायदाको शवलाइ पोस्टमार्टमको लागि वीरगंजको नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3