वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्र...
वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त र क्षेत्र नम्बर २ बाट शुशील कुमार कानु भारी मतान्तरले विजयी भएपछि उनीहरूलाई आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरू पन्त र कानुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। प्रमाणपत्र पाएपछि दुवै नेताले मतदाताप्रति आभार व्यक्त गर्दै पर्साको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध भएर काम गर्ने बताएका छन।
मतगणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कडा सुरक्षाबीच सम्पन्न भएको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूले विजयी उम्मेदवारलाई बधाई दिँदै उत्सव मनाएका थिए।

COMMENTS