वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिक तर्फको मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बढि मत ल्यायको छ । आइतबार अपरा...
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिक तर्फको मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बढि मत ल्यायको छ ।
आइतबार अपरान्ह सकिएको पर्सा–२ को समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम अनुसार, रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।
पर्सा–२ मा सामानुपातिक तर्फ नेपााली कांग्रेस १० हजार ३४० मतका साथ दोस्रो भएको छ भने नेकपा एमाले ८ हजार ५८५ मतका साथ तेस्रो भएको छ । यस्तै राप्रपा ३ हजार ५०६ मतका साथ चौथो र जसपा नेपाल २ हजार ४५० मतका साथ पाँचौ भएको छ ।
यसै क्षेत्र बाट रास्वपाका उम्मेदवार सुशील साह कानुले ३० हजार ७४० मत ल्यायर बिजय भएका छन ।
पर्सा–२ मा कूल मतदाता ९५ हजार १२० रहेकोमा फागुन २१ मा भएको मतदानमा समानुपातिकतर्फ ६७ हजार १०७ मत मात्रै खसेको थियो । त्यसमध्ये मतगणनाका क्रममा ६३ हजार ९५९ मत मात्रै सदर र ३ हजार १४८ मतबदर भएको थियो ।

COMMENTS