वीरगंज - वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजबाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि...
वीरगंज - वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजबाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । आजदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गरेको हो ।
महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे मार्फत औषधी छर्ने र साँझको समयमा एयर स्प्रे मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिएको हो । लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाएको हो ।
गर्मी सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेको छ । त्यसलाई ध्यानमा राख्दै महानगरपालिकाले पम्प र एयर स्प्रे (फगिङ) मार्फत औषधी छरिरहेको हो ।
महानगरले ३२ वटै वडामा विषादी छर्ने गरि तालिका नै बनाएको छ ।
वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय र वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप बढी देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता घातक रोगबाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले नागरिकलाई पनि आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

COMMENTS