बलिराम शुक्ला पर्सागढी, १ चैत । पर्साको पर्सागढी नगरपालिका वडा न-३ बिरुवाचौकमा आफ्नै श्रीमानले श्रीमति लाई याताना दिई धारिलो हतियार प्रहार...
बलिराम शुक्ला
पर्सागढी, १ चैत ।
पर्साको पर्सागढी नगरपालिका वडा न-३ बिरुवाचौकमा आफ्नै श्रीमानले श्रीमति लाई याताना दिई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनायका छन ।
आइतबार बिहान करिब ७ बजेको समयमा पर्सागढी नगरपालिका वडा नम्बर ३ बिरुवाचौक निवासी विश्वनाथ सहनी र उनकै श्रीमती हरिकला बीच घरायसी कुरामा बिबाद हुन्दा सहनीले आफ्नै श्रीमतिको दुबै हात र मुख बाधी चरम याताना दिई धारिलो हतियार प्रहार गरि खुट्टा छिनाई दिएका छन ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बडनिहार बाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा हरिकलाको खुट्टा छिनियकाे अवस्थामा अत्याधिक रक्त श्राब भईरहेकाेले उनलाई उपचारको लागि एम्बुलेन्स बाट बिरगंज स्थित नारायणी अस्पताल पठाईयकाे थियो
श्रीमती लाई याताना दिई धारिलो हतियार बाट खुट्टा छिनाई दिय पछि सहनी घटना स्थल बाट फरार भएका छन । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक समुन्नत अधिकारिका अनुसार फरार ब्यक्तिको खोजी कार्य भईरहेकाे बताएका छन ।

.jpg)
COMMENTS