Menu

मनोज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

जनआवाज खबर |
March 28, 2026
Featured

१४ चैत, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका ४६ वर्षीय चौधरीको गाडीबाट शंकास्पद वस्तु फेला परेको अभियोगमा अदालतले बिहीबार यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासले थुनछेक बहसपछि चौधरीलाई कारागार चलान गर्न आदेश दिएको हो । उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ। अदालतले पर्सागढीका ६७ वर्षीय सत्यनारायण दास थारू र धनुषाका ३० वर्षीय सुरज कार्कीलाई जनही १ लाख ५० हजार तथा सवारी चालक सहाब आलम अन्सारीलाई २ लाख रुपैयाँ धरौटी तोकेको छ । धरौटी बुझाउन नसकेपछि थारू र अन्सारी पनि हाललाई थुनामै रहेका छन् ।

प्रहरीले गत फागुन १९ गते बा १० च १२५० नम्बरको कार चेकजाँच गर्ने क्रममा विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला पारेको दाबी गर्दै चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । सरकारी वकिलको कार्यालयले चैत ११ गते उनीहरूविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3