Menu

पर्सा-२ रास्वपाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य कानुले चुनावी अभियानका क्रममा ९ लाख ९५ हजार ६१४ रुपैयाँ खर्च गरे

जनआवाज खबर |
March 13, 2026
Featured

बलिराम शुक्ला,   २९   पर्सागढि ।  पर्सा निर्वाचन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा बाट निर्बाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

निर्बाचित कानुले शुक्रवार  निर्वाचन आयोगको कार्यालय पर्सामा निर्बाचन ऐन २०७४ को दफा ७२ तथा आयोग द्वारा स्वीकृत निर्बाचन आचार सहिन्ता बमोजिम खर्च बिवरण बुझाउदै सार्बजनिक गरेका हुन ।


विवरण अनुसार कानुले चुनावी अभियानका क्रममा ९ लाख  ९५ हजार ६१४ रुपैयाँ खर्च गरेको बिवरणमा देखायका छन् । सबैभन्दा धेरै उनको खर्च प्रचार  सामग्रीमा ५ लाख ७९ हजार १२४ रुपैयाँ र दोस्रोमा सवारीसाधन र चालक समेतमा १ लाख ५५ हजार खर्च भएको छ ।

तेस्तै उम्मेदवारी मनोनयन दर्तामा १० हजार , मतदाता नामवली खरिदमा ३ हजार , गोष्ठी अन्तरक्रीया खाजा खर्चमा ९२ हजार , बिधुतिय समाजिक संजालमा १५ हजार , अन्य प्रचारप्रसार सामग्रीमा ९९ हजार ४९० , बिबिध खर्च ४२ हजार खर्च भएको निर्बाचन आयोग पर्सामा बुझायकाे बिवरणमा उल्लेख गरेका छन ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3