$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

मालपोत कार्यालय पोखरियामा बिचौलियाको हालीमुहाली, सेवाग्राही मारमा

-बलिराम शुक्ला पर्सागढी, ३ फागुन ।  पर्सा जिल्लाको मालपोत कार्यालय पोखरिया मा पछिल्लो समय भ्रष्टाचार तथा अनियमितता बढ्दै गएको भन्दै  सेवाग्र...

-बलिराम शुक्ला
पर्सागढी, ३ फागुन ।  पर्सा जिल्लाको मालपोत कार्यालय पोखरिया मा पछिल्लो समय भ्रष्टाचार तथा अनियमितता बढ्दै गएको भन्दै  सेवाग्राहीहरूले गुनासो गरेका छन्। कार्यालयमा सामान्य कामसमेत सहज रूपमा हुन छाडेको र बिचौलियाको प्रभाव बढ्दै गएको उनीहरूको आरोप छ।

सेवाग्राहीका अनुसार अहिले सो कार्यालयमा सामान्य काम गराउन पनि बिचौलियाको सहारा लिनुपर्ने अवस्था सिर्जना भएको छ। बिचौलिया प्रयोग नगर्ने सेवाग्राहीहरूको काम भने हप्तौँसम्म पनि अड्किने गरेको गुनासो गरिएको छ। कार्यालयमा बिचौलियाको हालीमुहाली बढ्दै जाँदा सेवाग्राहीले सहज सेवा पाउन नसकेको उनीहरू बताउँछन्।

 सेवाग्राहीका  अनुसार मालपोत कार्यालयका केही कर्मचारी र बिचौलियाबीच उठबस बढेको छ। बिचौलियाले कर्मचारीलाई प्रभावमा पारेर रकम दिने सेवाग्राहीको काम छिटो गराउने र रकम नदिनेहरूको काममा ढिलाइ गर्ने प्रवृत्ति बढ्दै गएको आरोप छ। काम रोकिनु वा ढिलाइ हुनुको स्पष्ट कारणसमेत कर्मचारीहरूले खुलस्त रूपमा नबताउने सेवाग्राहीहरूको भनाइ छ।

त्यसैगरी कागजात अपुग भएको भन्दै सेवाग्राहीलाई पटक–पटक फर्काइने, आवश्यक कागजात लिएर जाँदा पनि विभिन्न बहाना देखाएर काम ढिलाइ गर्ने प्रवृत्ति मौलाउँदै गएको स्थानीयहरूको गुनासो छ।

विशेषगरी मुद्दा फाँटबाट प्रदान गरिने सेवामा झन् बढी अनियमितता हुने गरेको बताइएको छ। हालसाबिक प्रक्रियामा हुने जग्गा थपघट सम्बन्धी काममा फाँटका कर्मचारीले नै सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढ्दै गएको छ।

यस विषयमा कार्यालय प्रमुख रामजी साह लाई पटक–पटक ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै ठोस सुनुवाइ नभएको सुनिल ठाकुरले  बताएका छन्।

स्थानीयहरूले मालपोत कार्यालयमा भइरहेको भनिएको अनियमितता र बिचौलियाको प्रभाव अन्त्य गर्न सम्बन्धित निकायले छानबिन गरी सेवाग्राहीमैत्री सेवा सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content