$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

तस्करीको सामान नियन्त्रणमा लिने क्रममा विवाद

पोखरिया २७  । पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे–भेलाही सीमानाकामा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा विवाद भएको छ...

पोखरिया २७  । पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे–भेलाही सीमानाकामा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा विवाद भएको छ ।

 भारतको भेलाही बजार बाट माेटरसाईकलमा अवैध रूपमा ल्याइँदै गरेको किराना सामग्रीबारे सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल वीरगञ्जबाट खटिएको टोली घटनास्थल पुगेको थियो।

सो क्रममा एक स्थानीय व्यक्तिले मोटरसाइकलमा किराना सामान बोकी नेपालतर्फ प्रवेश गरिरहेको अवस्थामा प्रहरीले मोटरसाइकल सहित सामान नियन्त्रणमा लिएको थियो।

तस्करी गरि ल्याउने ब्यक्ति  स्थानीय बासिन्दा भएकाले गाउँमा पुगेपछि उनले अन्य मानिसहरूलाई उचाल्दै प्रहरीविरुद्ध नाराबाजी गर्न लगाएको बताइएको छ। केहीबेरमै स्थानीयको भीड बढ्दै गएपछि सुरक्षाकर्मीको संख्या कम भएकाले स्थिति तनावपूर्ण बनेको थियो। स्थानीयहरूले बाटो अवरोध गर्दै प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए।

स्थिति तनाब बन्दै गय पछि  स्थानीय जनप्रतिनिधि तथा गाउँका केही व्यक्तिहरूको उपस्थितिमा छलफल गरिएको थियो। छलफलकाे क्रममा नियन्त्रणमा लिइएको किराना सामान तस्करीको नभई बिहे प्रयोजनका लागि ल्याइएको भन्दै मुचुल्का तयार पारिएको र प्रहरीले मोटरसाइकलसहित सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको स्रोतले जनाएको छ।

पक्राउ गरेको तस्करिको समान सुरक्षा निकायले जनप्रतिनिधिको रोहबरमा फिर्ता गर्नु परे पछि सुरक्षा चुनौतिको विषयमा गम्भीर प्रश्न उठेकाे छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content