Menu

जन्ती जाँदै गरेकाे कार दुर्घटना चालककाे मृत्यु, एक जना गम्भीर घाइते

News Desk |
March 10, 2026
Featured

बीरगञ्ज २६ फागुन ।
पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकन-५ महुवनस्थित गण्डक नहर नजिक साेमबार राति जन्ती जाँदै गरेकाे कार दुर्घटना हुदाँ कारका चालककाे मृत्यु भएको छ।दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।

 

बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीकाे घरबाट सखुवा प्रसाैनी गाँउपालिकाकाे एकडरवा गाँउमा जन्ती जाँदै गरेकाे बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति ९.१५ बजेतिर गण्डक नहर छेउकाे पिपलकाे रुखमा ठाेक्किएर दुर्घटनामा परेकाे हाे।

 

दुर्घटनामा चालक र अर्का एक व्याक्ति गम्भीर घाइते भएकाेमा बाराकाे नाैतनस्थित एलएस न्युराे अस्पतालमा उपचारका क्रममा चाकलककाे राती १०:१५ बजे मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतक चालककाे नाम र ठेगाना खुल्न नसकेकाे उनले बताए ।

 

दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्याक्तिकाे एलएस न्युराे अस्पतालमै उपचार भइरहेकाे उनले जानकारी दिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3