काठमाडौं । निर्वाचन सुरक्षाका लागि आजदेखि पूर्ण रूपमा सशस्त्र प्रहरी परिचालन हुने भएको छ । देशैभरि ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल ...
काठमाडौं । निर्वाचन सुरक्षाका लागि आजदेखि पूर्ण रूपमा सशस्त्र प्रहरी परिचालन हुने भएको छ । देशैभरि ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल टोली सशस्त्र प्रहरीले खटाएको छ ।
दोस्रो घेरामा रहेर निर्वाचनमा सुरक्षा दिने जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । सोहीअनुसार देशैभरि स्ट्राइकिङ र मोबाइल टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए ।
'सबै निर्वाचन क्षेत्रमा बुधबारदेखि नियमित रूपमा ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल टोली खटिनेछन्,' उनले भने, 'भयरहित, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन गराउन सशस्त्र प्रहरी प्रतिबद्ध छ ।' डिआइजी भट्टका अनुसार २१ माघदेखि नै सशस्त्रले हरेक निर्वाचन क्षेत्रमा आफ्नो बेस बनाएर परिचालन सुरु गरिसकेको छ । सशस्त्रले २ माघदेखि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा हेर्न थालेको थियो ।
निर्वाचन सुरक्षाका साथै सीमामा पनि सशस्त्र सुरक्षाको नियमित जिम्मेवारीमा सशस्त्र प्रहरी खटिएको छ । निर्वाचनका वेला थप चनाखो भई खटिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् । भारतीय पक्षसँग समन्वय गरेर सीमा सुरक्षामा थप सक्रियता बढाइएको डिआइजी भट्ट बताउँछन् ।
सशस्त्र प्रहरीको करिब ३४ हजार जनशक्ति निर्वाचनमा प्रत्यक्ष रूपमा खटिँदै छन् । सबै निर्वाचन क्षेत्रमा बेस बनाएर खटिन समस्या भएपछि यसपटक सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरेर खटाएको छ ।

COMMENTS