पर्साको पोखरिया नगरपालिकामा नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत आयोजना गरिएको कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।
घरदैलोको क्रममा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। उनले क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। पाण्डेले समृद्धि र सुशासनलाई मुख्य लक्ष्य बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
पोखरिया नगरपालिका लगायत पर्सा क्षेत्रका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएका छन। प्रमुख राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा र कार्यक्रमसहित मतदातामाझ सक्रिय देखिएका छन।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा राजनीतिक सरगर्मी बढ्दो क्रममा रहेको छ। निर्वाचन आयोगले तोकेको मिति नजिकिँदै जाँदा दलहरू घरदैलो, कोणसभा तथा अन्तरक्रियामार्फत मतदाता केन्द्रित अभियानमा सक्रिय देखिएका छन।


COMMENTS