पोखरिया, ४ फागुन कालिकामाई गाउँपालिका–५ सिमरामा यही फागुन ६ गतेदेखि आयोजन हुने विष्णु महायज्ञमा दलित समुदायलाई विधि पूजामा सहभागी गराउने सह...
पोखरिया, ४ फागुन
कालिकामाई गाउँपालिका–५ सिमरामा यही फागुन ६ गतेदेखि आयोजन हुने विष्णु महायज्ञमा दलित समुदायलाई विधि पूजामा सहभागी गराउने सहमति भएको छ ।
स्थानीय टोलवासीले आयोजना गरेको महायज्ञमा त्यहाँका १३ घरपरिवार दलितलाई विधि पूजामा सहभागिता नगराउने निर्णयविरुद्ध स्थानीय दलित अगुवाहरू कमलेश हजरा दुसाद र अनलदेव हजरा दुसादले विरोध गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा गत माघ २८ गते उजूरी दर्ता गराएका थिए ।
सोही उजूरीका आधारमा आइतवार जिप्रका, पर्साले इलाका प्रहरी कार्यालय, पोखरियालाई छलफल गराएर दलितलाई पनि विधि पूजामा सहभागिताको वातावरण बनाउन निर्देशन गरेको थियो ।
आज इप्रका, पोखरियाले दलित अगुवा, अधिकारकर्मी र महायज्ञ आयोजक समिति तथा वडाध्यक्षलाई डाकेर छलफल गराएको थियो । पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले दलित समुदायलाई पनि विधि पूजामा सहभागी गराउने कुरामा सहमति भएको बताउनु भयाे ।
छलफलमा दलित अगुवाद्वय अनलदेव हजरा,कमलेश हजरा दुसाद, वडाध्यक्ष जयनारायण पटेल,यज्ञ अायाेजक समितीका पदाधिकारि लगायतकाे सहभागिता रहेको रहेकाे थियाे ।

COMMENTS