काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ तथा चर्चित कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। गएराति अचानक स्वास्थ्यमा समस्या देखिएपछि काठ...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ तथा चर्चित कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। गएराति अचानक स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल लगिएका थापालाई चिकित्सकले हृदयघात भएको पुष्टि गरेका थिए। हाल उहाँको पार्थिव शरीर अस्पतालमै राखिएको छ।
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आउनुभएका थापा नेपाली सिनेमामा विशेषगरी खलनायक भूमिकाबाट लोकप्रिय हुनुहुन्थ्यो। 'राते काइला' नामले परिचित उहाँले आफ्नो दमदार अभिनय, संवाद शैली र उपस्थितिमार्फत नेपाली चलचित्रमा फरक पहिचान स्थापित गर्नुभएको थियो। उहाँको अभिनयले धेरै चलचित्रलाई स्मरणीय बनाएको मानिन्छ।
थापाको परिवार हाल भारतको मुम्बईमा रहेकाले परिवारका सदस्यहरू काठमाडौँ आइपुगेपछि मात्र अन्त्येष्टि लगायतका औपचारिक कार्यक्रम तय गरिने जनाइएको छ। उहाँको निधनले नेपाली चलचित्र उद्योगले एक अनुभवी, प्रभावशाली र समर्पित कलाकार गुमाएको भन्दै कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो शोक र श्रद्धाञ्जली व्यक्त गरेका छन्।

COMMENTS