Menu

पर्सागढिका चर्चित युवा बिनोद लामा रास्वपामा प्रबेस

जनआवाज खबर |
February 23, 2026
Featured

बलिराम शुक्ला , पर्सागढि
पर्सागढिका चर्चित युवा तथा  २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र फुटबल छाप बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका  विनोद लामा रास्वपामा प्रवेश गरेका छन्  ।

पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै लामा रास्वामा प्रवेश गरेका हुन् ।

लामा,२०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र उम्मेदवार बनेर सम्मान जनक  मत ल्याएका थिए । सोमबार पर्सागढी गरपालिका वडा नम्बर ४ बर्वाटाडीमा आयोजित रास्वपा उम्मेदवार कानुको चुनावी सम्पर्क कार्यालय  उदघाटन कार्यक्रममा लामासंगै त्यहाँका अन्य दर्जनौ युवाहरुपनि रास्वपमा प्रवेश गरेका छन् ।

कार्यक्रममा रास्वपा उम्मेदवार कानुको हातबाट अबीरु टीका लगाएर घण्टी बजाउदै रास्वपामा प्रवेश गरेका लामाले अब क्षेत्र देखि पुरै देसमा परिवर्तन र सुशासन एक मात्र पार्टी  रास्वपा  भएकाले आँफुले रास्वपामा प्रवेश गरेको बताए । यस क्षेत्रमा ईमान्दार एक युवा उम्मेदवार भएको हुनाले अब कानुलाई जिताउन आफू दत्तचित भएर लाग्ने बताउनु भयो ।

रास्वपामा लामाको प्रबेसले पर्सा २ मा थप बल पुगेकाे र आफू जित्ने पक्का भएको बताउनुभयो ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3