वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र साह बुधवार दिउँसो वीरगंज आईपुगेका छन् ।
रोड शो तथा नागरिक अभिनन्दन कार्यक्रममा सर्लाहीको लालबन्दी,रौतहटको चन्द्रनिगाहपुर, बाराको निजगढ, कलैया हुँदै वीरगंज आईपुगेका हुन ।
वीरगंजको प्रतिमा चौक हुँदै वीरगंज प्रवेश गरेका शाह बसपार्क, छपकैया हुँदै घण्टाघर आईपुग्दा ‘अबकी बार बालेन सरकार’को नारा हजारौ समर्थकले नारा लगाउँदै ठुलो भिड लागेको थियो ।
रास्वपा नेता शाहले गाडिबाटै स्थानीय जनताहरूलाई अभिवादन गर्दै घण्टी बजाएका थिए । उनी गाडिबाट कहिकतै पनि ओर्लिएनन् र भाषण समेत गरेनन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशबाट प्रचार अभियान शुरू गरेका बालेन मंगलवार सप्तरीबाट अभियान प्रारम्भ गरी बुधवार दिउँसो वीरगंज पुगेका हुन।
वीरगंज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट शुरू भएको रोड शो भानु चोक, नगवा, इनर्वा, इदगाहा चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर र माईस्थान पार गर्दै घण्टाघर चोकमा पुगेर समापन भएको थियो।
घण्टाघर चोकमा बालेनलाई प्रत्यक्ष हेर्न हजारौँको संख्यामा जेनजी पुस्ताका युवायुवतीहरू पहिल्यैदेखि भेला भएका थिए। बालेन रोड शोसहित त्यहाँ पुग्दा समर्थकहरूले ‘अबकी वार, बालेन सरकार’, ‘जय घण्टी’ लगायतका नाराले स्वागत गरेका थिए।
यस क्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै समर्थकहरूप्रति अभिवादन गरेका थिए।
रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवारहरू हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य पनि एउटै गाडीमा सहभागी हुँदै प्रचारमा सक्रिय देखिएका थिए।
उनी वीरगंज हुँदै जितपुर सिमरा आइपुगेका छन् ।


COMMENTS