बलिराम शुक्ला , पर्सागढि–१४, पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र नं–२ का उम्मेदवार अजय कुमार चौरसियाले फागुन २१ गते हुने निर्वाचनलाई लक्षि...
बलिराम शुक्ला , पर्सागढि–१४, पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र नं–२ का उम्मेदवार अजय कुमार चौरसियाले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बहुदरमाई नगरपालिकाका विभिन्न वडामा सशक्त घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनले वडा नं–३, ४ र ६ अन्तर्गत डोकैला, बहुवरी, गमहरिया, नगरदाहा तथा पिपरालगायत टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए।
घरदैलो अभियानका क्रममा उम्मेदवार चौरसियाले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातासँग आग्रह गरे। चुनाव नजिकिँदै जाँदा उनको प्रचार अभियान अझ तीव्र बन्दै गएको देखिएको छ।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य राजेश्वर साहले गमहरियास्थित आफ्नो गृहनगरमा आयोजित भेटघाटमा सम्बोधन गर्दै अजय कुमार चौरसियालाई विजयी गराउन आफू पूर्ण रूपमा लागिपरेको बताए। उनले विकास र स्थायित्वका लागि कांग्रेस उम्मेदवारलाई मतदान गर्न मतदातालाई अपिल गरे।
त्यसैगरी, स्थानीय मतदाताले उम्मेदवार चौरसियालाई गम्छा तथा फूलमाला लगाई स्वागत गर्दै रुख छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। घरदैलो कार्यक्रममा बहुदरमाई नगरपालिकाका पूर्व नगरप्रमुख नितेन्द्र साहसहित उत्साहजनक कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

COMMENTS