$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वीरगन्ज–३२ का वडाध्यक्ष रियाज अहमद मियाँ एमालेमा प्रवेश

वीरगंज, २७ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद मियाँ नेकपा (एमाले) मा प्रवेश गरेका छन्। २०७९ सालको स्थानीय तह नि...

वीरगंज, २७ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद मियाँ नेकपा (एमाले) मा प्रवेश गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित मियाँ मंगलबार एमालेमा प्रवेश गरेका हुन्।


वीरगन्ज–३२ स्थित टेढा रामवनमा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार प्रदीप यादवको उपस्थितिमा मियाँले एमाले प्रवेश गरेका हुन्। वडाध्यक्ष मियाँसँगै जसपाका युवा नेता महम्द अली, वडा सदस्यहरू इर्साद अन्सारी, मोहन महतो, रुकसाना खातुन, पुजा देवी राम लगायतका जनप्रतिनिधि तथा नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।


कार्यक्रममा पूर्वमन्त्री तथा एमाले उम्मेदवार यादवले नवप्रवेशीहरूलाई अबीर–टिका लगाएर पार्टीमा स्वागत गरे। वडाध्यक्षसहित जनप्रतिनिधिहरूको एमाले प्रवेशले पर्सा–१ मा पार्टी थप सशक्त बनेको र यसले आफूलाई थप ऊर्जा मिलेको यादवले बताए।


यादवले एमाले देश विकास, सुशासन र समृद्ध नेपालको स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको उल्लेख गरे। उनले रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै जनताको विश्वास व्यवहारमा उतार्न बलियो संगठन र इमानदार नेतृत्व आवश्यक रहेको बताए।


नवप्रवेशी वडाध्यक्ष रियाज अहमद मियाँले स्थानीय विकास, जनसेवा र स्थायित्वका लागि एमाले उपयुक्त राजनीतिक शक्ति भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताए। वडा तहबाटै जनताको समस्या समाधान र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन एमालेको नीति र संगठन सहयोगी हुने उनको भनाइ थियो।


कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मला देवकोटा, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content