पोखरिया १४ फागुन । पोखरिया नगरपालिका–९ निवासी ५५ वर्षिय अमरिका ठाकुरलाई बुधवार बिहान एक्कासि हृदयघात भएपछि परिवारमा त्रास फैलिएको थियो ।...
पोखरिया १४ फागुन । पोखरिया नगरपालिका–९ निवासी ५५ वर्षिय अमरिका ठाकुरलाई बुधवार बिहान एक्कासि हृदयघात भएपछि परिवारमा त्रास फैलिएको थियो । छाती दुख्ने, सास फेर्न गाह्रो हुने र पसिना बग्ने जस्ता गम्भीर लक्षण देखिएपछि उनलाई तत्काल पोखरिया अस्पताल लगियो । तर त्यहा" मुटुसम्बन्धी जटिल उपचार सम्भव नभएपछि चिकित्सकको सिफारिसमा उनलाई वीरगंजस्थित नेशनल मेडिकल कलेज रेफर गरियो ।
वीरगंज ल्याइएलगत्तै मुटु रोग विशेषज्ञ डा असरफ हुसेन नेतृत्वको टोलीले आपतकालीन उपचार सुरु ग-यो । टोलीमा डा जितेन्द्र मिश्र, डा अच्युतानन्दलाल कर्ण, डा मधु गुप्ता र इमरान अलि सहभागी थिए । आवश्यक जा"चपछि तुरुन्तै एन्जियोप्लास्टीसहितको शल्यक्रिया गरियो, जसबाट ठाकुरको ज्यान जोगाउन चिकित्सकहरू सफल भए ।
चिकित्सकका अनुसार ठाकुरको मुटुको एक प्रमुख धमनी पूर्णरूपमा अवरुद्ध भइसकेको थियो । समयमै उपचार नपाएको भए ज्यान जोखिममा पर्ने अवस्था थियो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा तीव्र सुधार आएको र अहिले खतरा टरेको अस्पतालले जनाएको छ ।
यस सफल उपचारले मधेशका बिरामीहरूलाई ठूलो राहत मिलेको छ ।

विगतमा हर्टअटेक जस्ता गम्भीर अवस्थाका बिरामीलाई काठमाडौंसम्म लैजानुपर्ने बाध्यता थियो । जसले समय, श्रम र लाखौँ रुपैयाँ खर्चिनु पर्ने अवस्था सिर्जना गथ्र्यो । तर वीरगंजमै आधुनिक प्रविधि र दक्ष चिकित्सकको उपलब्धताले थोरै खर्चमै जीवनरक्षक उपचार सम्भव भएको छ । स्थानीयवासी तथा ठाकुरका परिवारजनले चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै भने, समयमै सही ठाउ"मा उपचार नपाएको भए आज अमरिका हामीबीच हुने थिएनन् ।
वीरगंजमै मुटुरोगको सफल शल्यक्रियाले क्षेत्रीय स्वास्थ्य सेवामा नयाँ भरोसा र आशा जगाएको छ ।

COMMENTS