Menu

पुराना पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गर्नेहरुको लर्काे

जनआवाज खबर |
February 15, 2026
Featured

पर्सागढी, ३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेको लर्काे नै चलेको छ ।

पर्सागढी नगरपालिकामा दुर्ई दर्जन युवाहरू कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढी नगरपालिका सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा भएको पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता चन्द्रभुषण सिंहले युवाहरूलाई रास्वपामा प्रवेश गराएका हुन ।

पर्सागढी नगरपालिका वडा न –९ का नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी निरज चौधरी, युवा समाजसेवी रविशंकर दास चौधरी, रामाधारी यादब, मीन बहादुर भण्डारीलगायत दुई दर्जन युवाहरू पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेता सिंहले पार्टीमा स्वागत गर्दै फागुन २१ गतेको निर्वाचन पश्चात देशमा बालेनको  नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशमा सुशासन ल्याउने बताए ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3