काठमाडौं, माघ २१ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको सं...
काठमाडौं, माघ २१ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन्। सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
निर्वाचन आउन २९ दिन बाँकी रहँदा आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा देशभर परिचालन गरिएको छ। एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका 'निर्वाचन प्रहरी' पनि सुरक्षा व्यवस्थामा खटिनेछन्।
सुरक्षा योजनाबमोजिम मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बल नेपालले सम्हाल्नेछ। बाहिरी सुरक्षा घेराको जिम्मेवारी भने नेपाली सेनाले लिनेछ। निर्वाचनका लागि नेपाली सेना आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित भएको सेनाले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि करिब ८० हजार नेपाली सेना परिचालन गरिने तयारी गरिएको छ। राष्ट्रपतिबाट एकीकृत सुरक्षा योजना स्वीकृत भइसकेकाले सोहीअनुसार सेनाको परिचालन गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
योजनाअनुसार सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिका तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा तथा संवेदनशील संरचनाको सुरक्षासम्म सेनाले सम्हाल्नेछ।
आसन्न निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगका अनुसार यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
सुरक्षाका दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। सशस्त्र प्रहरी बलले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अप्रिय घटनामा १० मिनेटभित्र सुरक्षा टोली परिचालन हुने जनाएको छ।

COMMENTS