$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

२०४६ पछिका मन्त्रीहरूको सम्पत्ति छानबिन गरिने - नेका सभापति गगन थापा

पोखरिया, पर्सा — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा २०४६ सालपछि मन्त्री बनेका सम्पूर्ण नेताहरूको...

पोखरिया, पर्सा — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा २०४६ सालपछि मन्त्री बनेका सम्पूर्ण नेताहरूको सम्पत्ति छानबिन गर्न छानबिन आयोग गठन गरिने बताएका छन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ द्वारा पोखरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले सुरुमा कांग्रेसकै पूर्व सभापति शेरबहादुर देउवा लगायत मन्त्री बनेका सबै नेताहरूको सम्पत्ति जाँचबुझ गरिने स्पष्ट पारे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि कडा कदम चालिने बताए।

थापाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले "फास्ट ट्र्याक" मा काम गर्ने उल्लेख गर्दै एक वर्षमा गरिने काम एक महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा नयाँ–पुरानो कुनै पार्टी नभई सबै बराबर रहेको बताउँदै उनले अघिल्लो निर्वाचनमा २१ सिट जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले दुई वर्षसम्म सरकार गठनमै समय खर्चिएको आरोप लगाए। अहिलेको चुनाव विकास र कामका लागि भएको उनले बताए।

२३ र २४ गते देशमा भएको ऐतिहासिक विध्वंसमा ज्यान गुमाएका जेनेरेसन–जी (Gen Z) युवा पुस्ताको सपना साकार पार्न यो चुनाव महत्वपूर्ण रहेको उल्लेख गर्दै थापाले उनीहरूको सपना पूरा गर्न नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे। अहिलेको निर्वाचनमा कांग्रेस हार्नु भनेको देश हार्नु सरह हुने उनको भनाइ थियो।

क्षेत्रीय सभापति श्री कृष्ण प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, दीप नारायण रौनियार, किरण गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content