बलिराम शुक्ला , पर्सागढि । नेपाल पत्रकार महासंघको आयोजनामा पर्साको वीरगञ्जमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक एक ...
बलिराम शुक्ला , पर्सागढि ।
नेपाल पत्रकार महासंघको आयोजनामा पर्साको वीरगञ्जमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ।
महासंघका केन्द्रीय उपाध्यक्ष नितु पंडितको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकारहरूले समाचार लेख्दा पूर्ण रूपमा निष्पक्ष हुनुपर्ने र समाजमा सद्भाव बिगार्ने खालका सामग्री सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो। निर्बाचन आचार सहितामा रहि कसैलाई हराउन र जिताउन नभई स्वतन्त्र भएर समाचार लेख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य, महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पुर्ब केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, निर्बाचन कार्यालय पर्साका लेखापाल दिनदयाल कुशवाहा , केन्द्रीय सदस्यहरू राजु विश्वकर्मा र सिकेन्द्र पासवान, मधेस प्रदेशका पदाधिकारीहरू तथा महासंघका आठवटै जिल्लाका अध्यक्ष हरुको साथै पर्सेलि सञ्चार कर्मी हरुको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले गर्नुभएको थियो, जहाँ निर्वाचनका समयमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवार रिपोर्टिङका विविध पक्षमा छलफल गरिएको छ।

COMMENTS