$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वीरगंजमा निश्चितकालीन कर्फ्यु आदेश

वीरगञ्ज ११ फागुन। वीरगञ्जको श्रीपुर लगायतका क्षेत्रमा देखिएको तनावपूर्ण गतिविधिका कारण स्थिति थप नभड्कियोस् भनेर स्थानीय प्रशासनले सोमबार बि...

वीरगञ्ज ११ फागुन। वीरगञ्जको श्रीपुर लगायतका क्षेत्रमा देखिएको तनावपूर्ण गतिविधिका कारण स्थिति थप नभड्कियोस् भनेर स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थाको गम्भीर समीक्षा गर्दै महानगरका मुख्य सहरी क्षेत्रहरूमा कर्फ्यु लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) द्वारा जारी सूचना अनुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू रहनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शान्ति सुरक्षा कायम राख्न यो कठोर कदम चालिएको प्रशासनले जनाएको छ ।

प्रशासनले वीरगञ्ज महानगरपालिकाका पूर्वमा बाइपास सडक, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट (नेपाल–भारत सीमा) पर्ने क्षेत्र निर्धारण गरेको छ।

कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, धर्ना बस्न वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यु जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक कार्यका लागि प्रशासनले केही क्षेत्रमा सहजीकरण गर्ने जनाएको छ । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, र मानवअधिकारकर्मीका सवारीसाधनलाई आवागमनमा रोक लगाइने छैन ।

त्यस्तै, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी र कर्मचारी, पर्यटक सवारीसाधन, कूटनीतिक नियोगका सवारी र वैध हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षा निकायले पहिचानका आधारमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने प्रजिअद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सबै नगरवासीलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । आदेशको उल्लंघन गर्ने वा सुरक्षा कार्यमा अवरोध पुर्‍याउने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content