Menu

मानव सेवा आश्रमका आश्रितहरुलाई हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडद्वारा भोजन सेवा

जनआवाज खबर |
February 22, 2026
Featured

वीरगंज, १० फागुन । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सामाजिक दायित्व अन्तर्गत निःशुल्क भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
 
आइतवार मानव सेवा आश्रम वीरगंजमा आश्रित ६४ जना वृद्धवृद्धा, असहायहरुलाई बिहानको खाना खुवाइएको हो ।
 
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका प्रमुख तारिक अख्तर, ब्रान्च मैनेजर मन्दीप प्रधान, कर्मचारीहरु निरज सर्राफ, सुजन मण्डल, आकाश सर्राफ, अदनान अख्तर लगायतको सहभागिता थियो ।
कार्यक्रममा मानव सेवा आश्रममा आश्रित भएकाहरुलाई दाल, भात, साग, पनिर आलुको तरकारी, साग, अचारलगायत विभिन्न परिकारहरु खुवाएको थियो ।
 
कार्यक्रममा प्रमुख अख्तरले इन्स्योरेन्सले सामाजिक दायित्व अन्तर्गत यसप्रकारको कार्यक्रम गरिएको बताए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले गरीब, असहायहरुलाई एक छाक खुवाउन पाउदा आफूहरुलाई पनि खुशी लागेको बताएका छन् । 

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3