Menu

प्रादेशिक अस्पताल पोखरियाको एक्सरे मेशीन पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि सेवा अवरुद्ध

जनआवाज खबर |
February 18, 2026
Featured

धर्मेन्द्र चौरसिया
 पोखरिया  ।  प्रादेशिक अस्पताल पोखरियामा रहेको एक्सरे मेशीनको पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि सेवा अवरुद्ध भएको छ । यो अस्पतालमा गढीमाई इन्टरप्राइजेजले डेढ वर्ष अघि एक्सरे मेशीन जडान गरेको थियो । 

अस्पतालले गढीमाई इन्टरप्राइजेजलाई साढे चार लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो र पछिल्लो समयमा दिइएको एक महिनाको समयावधिमा अस्पतालले भुक्तानी नगरेपछि प्रोप्राइटर विजय गुप्ताले मेशीन सञ्चालन नहुने गरी केही पार्टपुर्जा  सोमवार लगेपछि सेवा अवरुद्ध भएको हो ।

प्रादेशिक अस्पताल पोखरियामा दैनिक २० देखि ३० वटा एक्सरे हुने गरेको अस्पतालले जनाएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानले प्रदेश सरकारले भुक्तानी नगरेको कारण पोखरिया नपालाई भुक्तानीको लागि अनुरोध गरेको तर सो कार्यालयको खाता अहिलेसम्म सञ्चालनमा नरहेको कारण भुक्तानी गर्न नसकिएको बताउनुभयो । उनले आफूले एक साताभित्र भुक्तानीको व्यवस्था गर्ने आग्रह गर्दा पनि ठेकेदारले नमानेर मेशीनका केही सामानहरू लगेकाले सेवा अवरुद्ध भएको बताउनुभयो ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3