धर्मेन्द्र चौरसिया पोखरिया । प्रादेशिक अस्पताल पोखरियामा रहेको एक्सरे मेशीनको पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि सेवा अवरुद्ध भएको छ ।...
धर्मेन्द्र चौरसिया
पोखरिया । प्रादेशिक अस्पताल पोखरियामा रहेको एक्सरे मेशीनको पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि सेवा अवरुद्ध भएको छ । यो अस्पतालमा गढीमाई इन्टरप्राइजेजले डेढ वर्ष अघि एक्सरे मेशीन जडान गरेको थियो ।
पोखरिया । प्रादेशिक अस्पताल पोखरियामा रहेको एक्सरे मेशीनको पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि सेवा अवरुद्ध भएको छ । यो अस्पतालमा गढीमाई इन्टरप्राइजेजले डेढ वर्ष अघि एक्सरे मेशीन जडान गरेको थियो ।
अस्पतालले गढीमाई इन्टरप्राइजेजलाई साढे चार लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो र पछिल्लो समयमा दिइएको एक महिनाको समयावधिमा अस्पतालले भुक्तानी नगरेपछि प्रोप्राइटर विजय गुप्ताले मेशीन सञ्चालन नहुने गरी केही पार्टपुर्जा सोमवार लगेपछि सेवा अवरुद्ध भएको हो ।
प्रादेशिक अस्पताल पोखरियामा दैनिक २० देखि ३० वटा एक्सरे हुने गरेको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पताल पोखरियामा दैनिक २० देखि ३० वटा एक्सरे हुने गरेको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानले प्रदेश सरकारले भुक्तानी नगरेको कारण पोखरिया नपालाई भुक्तानीको लागि अनुरोध गरेको तर सो कार्यालयको खाता अहिलेसम्म सञ्चालनमा नरहेको कारण भुक्तानी गर्न नसकिएको बताउनुभयो । उनले आफूले एक साताभित्र भुक्तानीको व्यवस्था गर्ने आग्रह गर्दा पनि ठेकेदारले नमानेर मेशीनका केही सामानहरू लगेकाले सेवा अवरुद्ध भएको बताउनुभयो ।

COMMENTS