Menu

सबैया साझेदारी बन उपभोक्ता समूहको सदस्यतर्फको निर्वाचन सम्पन्न, कार्यसमितिले पूर्णता पायो

जनआवाज खबर |
February 14, 2026
Featured

– बलिराम शुक्ला
पर्सागढी, २ फागुन । सबैया साझेदारी बन उपभोक्ता समूहको आज सम्पन्न खुल्ला र मधेसी तर्फको सदस्य हरुको निर्वाचन आज सम्पन्न भएको छ ।

खुल्ला तर्फको सात  सदस्य र मधेसी तर्फ एक सदस्यको लागि आज निर्बाचन भएको हो ।

आज भएको निर्बाचनमा खुल्ला तर्फ सदस्यमा जगत नारायण यादब ८१ मत , भैयाराम प्रसाद ७२ मत , रामअयोध्या राउत अहिर ६३ मत , श्रवण साह ४९ मत ,राजिब कुमार सोनार ४९ मत , सुरेस कुमार ४१ मत , सुरज कुमार कुर्मी ४१ मत प्राप्त गरि बिजय भएका छन भने मधेसि तर्फ मणिभुषण तिवारीले १२६ मत ल्याई बिजय भएको निर्बाचन अधिकृत रामनारायण कुर्मीले जानकारि दिनुभयो ।

खुल्ला सदस्य तर्फ सात सदस्यको लागि चालिस जनाको उम्मेदवारी परेकाे थियो भने मधेसि सदस्य तर्फ एक सदस्यको लागि दुई जनाको उम्मेदवारी परेकाे थियो ।

 दलित, आदिवासी जनजाति र महिला तर्फका उम्मेदवारहरूबीच यस अघिनै सहमतिमा गोला प्रथा अपनाइएको थियो। तर खुल्ला र मधेसी सदस्यको लागि पनि गोला प्रथा गर्न खोज्दा एक समूहले होहल्ला गरि विवाद गर्दा स्थगित गरि आज निर्बाचन गरिएको हो ।

यस अघि सर्बसम्मत बाट अध्यक्षमा लखनलाल साह , उपाध्यक्षमा असलम आलम , सदस्यमा शेषनेसार अहमद र गोला तर्फबाट महिला तर्फ सखिना अन्सारी ,गिता देबि , रिनादेबि कलवार आदिबासी जनजाती तर्फ राधिका भक्त लामा र दलित तर्फ प्रियका माझी निर्बाचित भईसकेका छन ।

आज भएको निर्बाचन संगै सबैया साझेदारि बन उपभोक्ता समुहको कार्यसमितीले पुर्णता पाएकाे डिबिजन बन कार्यालय पर्साका बन अधिकृत मन्जुर अहमदले बताउनुभयो ।



यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3